''शब्द बिना गितको पारीकल्पना ''
म शब्द बिनाको गीत बनेछु ब्यर्थै तिम्रो आँखाको सित बनेछु तिम्रो मुस्कानमा रम्ने म .. आँसुको रोधन बिचको खित बनेछु परिवर्तनको मिठासमा रम्ने म रुढीबादी परम्पराको रित बनेछु सोच्थे एक्लो छ संसार उबिना उसकै सामु आपरिचित बनेछु