जिन्दगी

 आसाको दियो ढल्दै गर्दा थाहा हुन्छ जिन्दगी
धिपधिप दियोमा जल्दै गर्दा थाहा हुन्छ जिन्दगी 


अन्धकार नै प्यारो   आफु  पग्लिनु   भन्दा
मैनबत्ती सारी बल्दै गर्दा थाहा हुन्छ जिन्दगी 


प्यारो  लाग्छ  चखेवाको  जोडी  हेर्दा  सबैलाई
बिछोडले रातमा चल्दै गर्दा थाहा हुन्छ जिन्दगी 


फुलेको  फुलमा   डुल्नु   भमराको  के   दोष
अमृत रोप्दा बिष फल्दै गर्दा थाहा हुन्छ जिन्दगी  
 

Comments