''प्रणय दिवस ''
तिम्रो आशमा तस्बिर देख्दैमा प्रेमदिवश बित्यो
तिमीसँग बिताएकापल लेख्दैमा प्रेमदिवस बित्यो
कत्ती भए कत्ती माया रुपी शब्द प्रहार
तिम्रो माया ब्युताइराख्न छेक्दैमा प्रेमदिवस बित्यो
संसार भरको माया र खुशी दिन चाहान्थे तिमीलाई
तिम्रो लागि लिएकाउपहार फेक्दैमा प्रेमदिवस बित्यो
आउछौ कि भनी कुरी बस्दा बाटो तिम्रो
स्तब्ध मुटु फाल्गुनको घामले सेक्दैमा प्रेमदिवस बित्यो
Comments
Post a Comment