Posts

Showing posts from 2015

स्वर्णिम पल (अन्तिम बर्ष कलेज लाइफ )

जीवनमा चाहेका सबै उद्देश्य ले कहाँ गन्तब्य छुदो रहेछ र?त्यसैले नचाहेरपनी मेरो औपचारिक अध्यानलाई समापनका निम्ती अन्तिम बिकल्पको रुपमा यम बि यस् लाई रोजे र मिनभवन कलेजमा भर्ना भए। मास्टर्सको पहिलो दिन सबै साथीहरु उत्सुक र उल्लास मुन्द्रामा देखिन्थे तर म बिगतको जीवनबाट उदास र खिन्न   थिए, आफुभित्र रहेका अनेकौ चाह र पिडाहरुलाई अटस पटस मनमा कोचेर नयाँ बातावरणमा घुलमिल हुन खोज्दै थिए, यतिकै मा मेरो मिल्ने साथी आयो र बोल्यो dont worry yaar every things happening for गूड्,केही बोलिन जबर्जस्ती मुस्कुराउन खोजे । सायद मेरो जीवनमा आएको त्यो छाल सँग जुध्ने सक्ती समुन्द्र सँग नि रहदैन  होला त्यसैले बिवश भएर छचल्किन पुगेछु।फेरी सोचे बिगतको जीवनलाई सम्जेर किन आफ्नो भबिष्य पत्झर बनस्पती जस्तो कुरुप बनाउनु,आफ्नो मनमा पिडाको रापले रातो भएका चाहानाहरुलाई फलाम ले कुटेरै भएपनी निश्चित आकर दिन जमर्को गरे र साथीहरु सँग घुलमिल हुन थाले। दोश्रो दिन पहिलो पिरेडको समाप्ती सँगै सबै साथीहरु हतार हतार दौडिदै थिए, मनौ बलिउड  नायक सलमान खान कै उपस्थिती हुँदैछ। तर त्यो हतास कुनै नायकका निम्ती न...

''प्रणय दिवस ''

तिम्रो आशमा तस्बिर देख्दैमा प्रेमदिवश बित्यो  तिमीसँग बिताएकापल लेख्दैमा प्रेमदिवस बित्यो  कत्ती भए कत्ती माया रुपी  शब्द प्रहार  तिम्रो माया ब्युताइराख्न छेक्दैमा प्रेमदिवस बित्यो  संसार भरको माया र खुशी दिन चाहान्थे तिमीलाई  तिम्रो लागि लिएकाउपहार फेक्दैमा प्रेमदिवस बित्यो  आउछौ  कि भनी  कुरी  बस्दा  बाटो  तिम्रो  स्तब्ध मुटु फाल्गुनको घामले सेक्दैमा प्रेमदिवस बित्यो  

भोगाइ जीवनका(वास्तविक गाथाहरु): ''Modern love''

भोगाइ जीवनका(वास्तविक गाथाहरु): ''Modern love'' : आजकलका केटीहरु हेन्सम केटा देख्नै हुन्न  एकदुइ जनाले के लाइन दिए खुट्टाभुइमा टेक्नै हुन्न  चाहिदैन गोप्य ठाउँ भल्गर माया साट्न यहाँ  काल...

''Modern love''

Image
आजकलका केटीहरु हेन्सम केटा देख्नै हुन्न  एकदुइ जनाले के लाइन दिए खुट्टाभुइमा टेक्नै हुन्न  चाहिदैन गोप्य ठाउँ भल्गर माया साट्न यहाँ  कालेजमै सुरु हुन्छ पर्दाले त छेक्नै हुन्न ।। कत्ती तेज दिमाग मिस यू भन्दा किस यू बुज्छन  मेरो प्राण तिमी रे आइ लभ यू त लेख्नै हुन्न  सिसा सरी तोड्छन पहिला खाका बचा कसम  इशारामै बुज्छन सबै नोठका बिटा फ्याक्नै हुन्न 

''देशको छ चिन्ता ''

अशान्ती र बेरोजगारी देशको छ चिन्ता । ।  बिदेशी सस्कृति र पहिरन भेशको छ चिन्ता ।  शहिदको सपना र रगत को मुल्य छैन । ।  आफ्नै बहुमत र सरकार रेशको छ चिन्ता ।  जनताको चाहाना शान्ति र सबिधन । । ।  संगियता र जातिय राज्य षेशको छ चिन्ता । जनताको उत्शाहा सर्बदलिय शहमती ।।  खुट्टा तान्ने र काँडा रोप्नेले ठेसको छ चिन्ता ।।         

''शब्द बिना गितको पारीकल्पना ''

Image
म शब्द बिनाको गीत बनेछु  ब्यर्थै तिम्रो आँखाको सित बनेछु  तिम्रो मुस्कानमा रम्ने म .. आँसुको रोधन बिचको खित बनेछु  परिवर्तनको मिठासमा रम्ने म  रुढीबादी परम्पराको रित बनेछु  सोच्थे एक्लो छ संसार उबिना  उसकै सामु आपरिचित बनेछु 

''निम्तो थियो स्वयम्बर मा''

माया गर्थे उनिलाई बधाइ दिएर आए  दर्द   लुकाइ   आसुँ   पिएर आए .. रोपियो सियो पाउद निम्तो बिहेको  राख्न खुशी माला दुबोको सिएर आए  मार्न सकिन माया सिन्दुरमा सजिदा  प्रेमको युद्धबाट खै कसरी जिएर आए  चर्कियो छाती बज्दा बाजा बिदाइ को मारेर माया कसरी आफुलाई लिएर आए   

जिन्दगी

  आसाको दियो ढल्दै गर्दा थाहा हुन्छ जिन्दगी धिपधिप दियोमा जल्दै गर्दा थाहा हुन्छ जिन्दगी  अन्धकार नै प्यारो   आफु  पग्लिनु   भन्दा मैनबत्ती सारी बल्दै गर्दा थाहा हुन्छ जिन्दगी  प्यारो  लाग्छ  चखेवाको  जोडी  हेर्दा  सबैलाई बिछोडले रातमा चल्दै गर्दा थाहा हुन्छ जिन्दगी  फुलेको  फुलमा   डुल्नु   भमराको  के   दोष अमृत रोप्दा बिष फल्दै गर्दा थाहा हुन्छ जिन्दगी