स्वर्णिम पल (अन्तिम बर्ष कलेज लाइफ )
जीवनमा चाहेका सबै उद्देश्य ले कहाँ गन्तब्य छुदो रहेछ र?त्यसैले नचाहेरपनी मेरो औपचारिक अध्यानलाई समापनका निम्ती अन्तिम बिकल्पको रुपमा यम बि यस् लाई रोजे र मिनभवन कलेजमा भर्ना भए। मास्टर्सको पहिलो दिन सबै साथीहरु उत्सुक र उल्लास मुन्द्रामा देखिन्थे तर म बिगतको जीवनबाट उदास र खिन्न थिए, आफुभित्र रहेका अनेकौ चाह र पिडाहरुलाई अटस पटस मनमा कोचेर नयाँ बातावरणमा घुलमिल हुन खोज्दै थिए, यतिकै मा मेरो मिल्ने साथी आयो र बोल्यो dont worry yaar every things happening for गूड्,केही बोलिन जबर्जस्ती मुस्कुराउन खोजे । सायद मेरो जीवनमा आएको त्यो छाल सँग जुध्ने सक्ती समुन्द्र सँग नि रहदैन होला त्यसैले बिवश भएर छचल्किन पुगेछु।फेरी सोचे बिगतको जीवनलाई सम्जेर किन आफ्नो भबिष्य पत्झर बनस्पती जस्तो कुरुप बनाउनु,आफ्नो मनमा पिडाको रापले रातो भएका चाहानाहरुलाई फलाम ले कुटेरै भएपनी निश्चित आकर दिन जमर्को गरे र साथीहरु सँग घुलमिल हुन थाले। दोश्रो दिन पहिलो पिरेडको समाप्ती सँगै सबै साथीहरु हतार हतार दौडिदै थिए, मनौ बलिउड नायक सलमान खान कै उपस्थिती हुँदैछ। तर त्यो हतास कुनै नायकका निम्ती नभइ तेश्रो पिरेडका निम्ती थियो जसमा अकाउन्ट बिषय को अध्यापन हुन्थ्यो । रहर भनौ या बाध्यता??अकाउन्ट बिषय पढ्नका निम्ती HRM पढनै पर्थ्यो किनकी तेश्रो पिरेडमा सिट पाउने त पारीकल्पना नि नगरौ ढोका सम्म उभिएरै पढ्नेको लाइन हुन्थ्यो. जुन बिषय रघुसर ले अध्यापन गराउनुहुन्थ्यो। त्यो पाँचसय बिद्ध्यार्थी माझ नि पिन ड्रप सइलेन्स त्यो रघु सरको बिशेषता भनौ या प्रभाब। बिषयबस्तुमा त्यस्तो प्रखर ब्याक्ती सँग आन्तिम बर्षमा भएपनी मिल्ने अवसर पएको थिए ,त्यो मेरानिम्ती आवारीको बिषय थियो ,तर त्यो भन्ने गरेको उखान ''फलेको हाँगो कहिले छ र ननुगी रहेको ''सँग एक रत्ती पनि मिल्दैन थ्यो, नरिवलको बोटहुनुथ्यो वहाँ जतिसुकै लटरम्म फलेपनी अडिक र अटल . यसरी दिनहरु रंगिनहुँदै थिए, एक दिन को कुरा हो हामी साथीहरु सबैजना क्लासमा गफ गरेर बसिरहेका थियौ ,मेर नयन अकाष्मात एक हसिन चेहेरा माथिका गाजलु नयनमा समागम हुन पुगे। खै त्यो नयन सँगको जुधाइले दिलमा चोट कसरी पुग्यो बुज्न सकिन ?उता बाट मन्द मुस्कान आयो , मैले थपेर जबाफ दिए । मेरो मन एकाएक चङ्गा भयो , फुरुङ उड्ड्न थाल्यो अझ भनौ बर्षात पछीको आकाश खुलेसरी उज्यालो भयो जीवन। त्यतिकै मा रघुसर को उपस्थिती भयो हामी बिषय बस्तु तर्फ लाग्यौ । आकाउन्ट क्लास सकियो, म आफिस जानुपर्ने बाध्यताका कारण आर्को पिरेड ड्रप गर्नु पर्थ्यो त्यसैले सरासर घरतिर लागे। बाटोमा अनायसै आनेकौ प्रश्न सँग अन्ताछेरी खेल्दै आफिस पुगे। दिन भर त्यो अन्जान चेहेराका पारीचित नयनले सताइरहे । आँफै सँग अनेकै प्रश्न गर्थे जुन अनउत्तरित थिए। भोलिपल्ट बिहान सधैं झै कलेज गए। पहिलो पिरेडको समाप्ती सँगै साथीहरु सँग अकाउन्ट क्लास तर्फ लागे । ढोकाबाटै उनको दर्शन पाए, पहेलो त्यो पहिरन , कालो मालो बाल, निलो फिटिङ जिन्स मा साच्चीनै बलेकी थिइ,लाग्थो क्लास उसकै चमकमा उज्यालो देखिएको
छ । उनको त्यो आँखाको भाब पढ्दा लाग्थ्यो कसैलाई खोजिरहेछ , कसैलाई पर्खिरहेछ, म पुकारीन चाहान्थे त्यो आँखाको शब्दमा जुन कसैका निम्ती तड्पिदै थियो । सरासर क्लस प्रबेस गरे , उनिहरु चारजना साथीहरु बसिरहेका थिए मैले त्यो साइडजाने हिम्मत गर्न नसकी लुरु लुरु आर्को साइेडतिर गएर बसे जहाँ बाट लुकी लुकी चिहाउन मिल्थ्यो । मलाई उनको बारेमा जान्ने चेष्टा जाग्यो र मिल्ने साथीहरु सँग बुज्न थाले तर कसैबाट मेरा खुल्दुली मेटाउने जबाफ पाउन सकिन ।म पनि पागल साथिले दिएको गलत नाम पुकारेर बस्नथालेछु । सच्चिकै कम्जोर हुदोरहेछ मुटु जब आफुले मनदेखी मन पराएको मनिस सामुन्ने हुन्छ त, त्यसैले बोल्ने त परको कुरा नजिक जाने सम्म शाहस गर्न सकिन । एकदिनको कुरा हो HRM सरको अनुपास्थितीमा सबै साथीहरु बहिर थिए , त्यही सुवर्ण अवसरको सदुपगो गरी उस्को नाम पत्तालगाउन सफल भए , नाम आकिर्ती रछ ।।। आकिर्ती भण्डारी ।। जुन प्रश्नका निम्ती हरपल तड्पिएको थिए आज उत्तर पाए सकुन मिल्यो त्यती धेरै कि कुनै जेहेन्दार बिद्ध्यार्थी बिशिस्ट श्रेणीमा इक्जाम पस भए भन्दा धेरै गुना खुशी । उमङले भरिएको मन लिएर बहिरिदै थिए साथी आयो र बोल्यो के भो कंडेल ?? मुस्कुराउदै जबाफ फर्काए केहीहैन ,जाउहिड चिया पिउन । साथीले शाहमती जनाए सँगै हामी क्यान्टिन तिर लागियो । हल्का ब्रेक फास्ट र चिया सँगैको रमाइलो बार्तालाप पश्चात क्लास फर्कियौ । क्लास मा रघुसरको इेन्ट्री भाईसकेको रहेछ , लुरुलुरु आफ्नो सिट तर्फ गए तर मेरो ब्याग मैलेराखेको बेन्चमा थिएन आर्कै बेन्चमा पुर्याएको थियो । त्यो भिडमा आफ्नो सिट खोज्नु मुर्खता थियो त्यसैले सरासर ब्याग भएकै बेन्चमा गएर बसे। आकिर्ती पनि साथीहरुसँग चिया पिएर फर्किदै थिइ, सरासर म बसेको छेउबाट आफ्नो ब्याग तान्दै कुनातिर गएर बसी । म मुकदर्सक भए , पक्कै साथीहरु काम हुनुपर्छ त्यो हाम्रो ब्यागको मिलन गराउने, खोइे के के गुनगुनाउदै आर्को साथीलाई मेरो छेवैमा बस्न अराइ। म डरले पुरा रातो भएको थिए , एकाएक आत्तालिन पुगेछु । आकाष्मात मेरो हातको स्पर्स छेवैमा बसेको उसको साथी सँग भयो। बडो भाबुक हुँदै प्र्ष्न गरी सन्चो छैन हो ? सच्चिकै डरले आगो भएको थियो मेरो शरीर , १०४ डिग्री तापमान । जबाफ दिए हल्का रुघालागेको । रघु सरको कडा स्वर सुनियो हल्ला गर्ने भए बहिर गार्डन मा , अब त्यो ४५ मिनेट बिताउने शाहस जुटेन म मा , खल्ती बाट मोबाइल निकालेर फोन आएको बाहानामा बहिरिए । आँफै देखी दया लागेर आयो ।।। यसरी दिनहरु क्रमश रङिन र शुवर्ण बन्दै थिए , सोमबार को दिन थियो सधैं झै पहिलो पिरेडको समाप्ती सँगै अकाउन्ट क्लास तर्फ लागे । आक्रितीलाई देख्न साथ एका एक हिम्मत जागेर आयो ।सयद आघिल्लो रात हेरेको त्यो मद्रासी फिल्म को प्रभाब थियो, सरासर आक्रीतीहरु बसेको बेन्च पछाडि गइ नाम पुकारे,,, पछाडि फर्केर यस् जबाफ आयो । फेरी बोले बाहिर आउन एकैछिन काम छ , जबाफ आयो यहीभन के काम हो ?ग्रुप मा मिल्दैन ,, पाँच मिनेटका निम्ती प्लिज। दुबै जना क्लासबाट सँगै बहिरीयौ। चौर मा पुग्दा सबै साथीहरु यसरी नियाल्दै थिए मानौ कुनै अपराधीलाई पुलिसले हत्कडी लगाएर लादैछ । कसैको प्रबाहा नगरि हामी सरासर गयौ ।। बाटोमा हल्का जिस्काउदै लगे ,लेखा साखा नजिकै पुगेर उनका पाहिला टक्क अडिए र प्रश्न गरी ,भन के काम हो ? मैले उनका आँखालाई मेरा आँखाबाट हलचल हुन नदिइ अन्तरमनका भावनाहरुलाई पोखिरहे त्यो भावनाको बर्शातमा कत्ती सम्म भिजाउन सफल रहे हेर्न बाँकीनै थियो. उता बाट जबाफ आयो ,मैले तिमीलाई चिनेको नि छैन जानेकोनी छैन इेभन तिम्रो नाम नि थाहा थाहा छैन के जबाफ दिउ ?बडो भबुक हुँदै प्रश्न आयो। मैले परिचय दिदै भने म दीपक ।।। दिपक कंडेल ।। हल्का मुस्कुरौदै जबाफ दिए , मलाई एक हप्ताको समय चाहिन्छ । मैले जबाफ दिए जत्ती समय चाहिन्छ लिउ जीवन तिम्रो निम्ती समर्पण छ। दुबैजना चुपचाप क्लास तर्फ लाग्यौ ।बस पर्खाइमा छु त्यो आर्को हप्ताको सोमबार जुन मेरो जीवनको निम्ती एउटा टर्निङ पोइन्ट हुनेछ .
Comments
Post a Comment